काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्।
यसअघि ओली नवौं र दशौं राष्ट्रिय महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत पाएका छन्।
यद्यपि, मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
