एनपिएलः फाइनल पुग्नका लागि भिड्दैछन् विराटनगर र लुम्बिनी

२६ मंसिर २०८२, बिहीबार ०८:२४

नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स  र विराटनगर किंग्सबीच खेल हुँदैछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।

आज विजयी हुने टोली फाइनलमा पुग्नेछ।

विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ।

सुदूरपश्चिम पहिलो संस्करणको एनपिएलको उपविजेता हो।

फाइनल खेल यही मंसिर २७  गते शनिबार हुनेछ।