दाङमा आज बिहान एक यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका–१ को कोडिया पुल नजिक बिहीबार बिहान करिब ३ बजे दुर्घटनामा परेको हो।
लमही प्रहरीका अनुसार बसको पट्टा भाँचिँदा सवारी अनियन्त्रित बनी सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनामा परेका २२ यात्रु घाइते भएका छन्। सबै घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
