पोखराले दियो लुम्बिनीलाई १५१ रनको लक्ष्य

१४ मंसिर २०८२, शनिबार १२:५९

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाएको छ ।