एनपिएलमा आज चार टोली मैदानमा उत्रिँदा कुन टोली कोसँग भिड्दै छन् ?

१३ मंसिर २०८२, शुक्रबार ०७:४७

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले दुई अङ्क मात्र बटुलेको छ । तीन खेलबाट दुई अङ्क  जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।