जेनजी आन्दोलनमा भएको दमनको जिम्मा ओली र लेखकले लिनुपर्छ : भीम रावल

३० कार्तिक २०८२, शनिबार १९:२३

नेपाल कम्युनिस्ट पार्टी (NCP) का नेता डा. भीम रावलले जेन–जी आन्दोलनका क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै रावलले सरकारी जिम्मेवारीमा बसेको व्यक्तिले घटनाप्रति राजनीतिक र नैतिक दुवै जिम्मेवारी लिनुपर्ने स्पष्ट गरे। उनले संसदीय प्रणालीमा कुनै घटना घटेमा प्रधानमन्त्री र सम्बन्धित मन्त्री नै प्रत्यक्ष जिम्मेवार मानिने टिप्पणी गरे।रावलका अनुसार अहिलेको सरकार छ महिनाका लागि गठन गरिएको चुनावी सरकार भएकाले यसले छिमेकी राष्ट्रहरूसँग दीर्घकालीन प्रभाव पार्ने सम्झौता गर्न नपाउने नैसर्गिक सीमाहरू छन्।उनले भने“आगामी आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व यही सरकारको हो।”