बालेन्द्र साहको स्टाटस विवाद : युवा संघले प्रहरीमा साइबर केस हाल्दै

२१ कार्तिक २०८२, बिहीबार १३:२२


काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा गरेको एउटा स्टाटसका कारण एमाले–सम्बद्ध युवा संघले उनलाई विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गर्न तयारी गरेको जनाएको छ।

युवा संघका अनुसार बालेनको उक्त स्टाटसमा राजनीतिक दलहरूको सम्मानमा आँच पुर्‍याउने अभिव्यक्ति मात्र होइन, मित्रराष्ट्रहरूप्रति पनि अनादर गरिएको छ। त्यसैले यो विषयलाई विद्युतीय (साइबर) अपराध दर्ता गरी अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी दिन लागिएको  हो केहिदिनअघि मध्यरातमा बालेनले अशोभनीय शब्द तथा आपत्तिजनक गाली–गलौज प्रयोग गर्दै स्टाटस लेखेका थिए। उनले केही समयमै त्यो हटाए पनि यसको स्क्रिनसट सामाजिक सञ्जालमा तीव्ररूपमा फैलिएको थियो। यस घटनापछि धेरैले बालेनको भाषा र व्यवहारको आलोचना गरेका छन्।