
काठमाडौं । महालक्ष्मी विकास बैङ्कले फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
भर्चुअल त्रेडिट कार्ड अन्तरगत ग्राहकहरुले बैङ्कको मोबाइल बैङ्किङ एप “महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ ।
भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा भुर्चुअल क्रेडिट कार्डमा समेत हुने बैङ्कले जनाएको छ । यो सेवा अन्तरगत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुने अपेक्षा बैङ्कको छ ।
सेवाको थालनीसँगै बैङ्कले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई पाँच सय रुपियासम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरुलाई अझ फाइदाजनक हुने बताइएको छ ।