माओवादीबाट निर्वाचित जनप्रतिनिधिको भेलाद्वारा ३० बुँदे सङ्कल्पसहित प्रतिबद्धता पारित

१२ फाल्गुन २०८१, सोमबार १४:४९

काठमाडौं । काठमाडौंमा शनिबार र आइतबार सम्पन्न भएको विज्ञसहितको भेलाले स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्न पूर्ण निष्ठा र इमानदारिताका साथ आ–आफ्ना पालिकाहरू मार्फत क्रियाशील रहने दृढ सङ्कल्पसहित प्रतिबद्धता पारित गरेको हो ।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ३० बुँदे प्रतिबद्धता पारित गरेका छन् ।

‘नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त भएको समाजवाद उन्मुख समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र र उक्त ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको संविधानको मर्म र भावलाई आत्मसात् गर्दै त्यसलाई रक्षा एवं सुदृढ गर्न ,प्रत्यक्ष लोकतन्त्र को अभ्यासलाई मजबुत बनाउन, सुशासन, सामाजिक न्याय र समृद्धिको आजको प्रमुख राष्ट्रिय कार्यभार लाई पूरा गर्न र स्थानीय तरहबाट समाजवादको आधार निर्माण गर्न पूर्ण निष्ठा र इमानदारिताका साथ आ–आफ्ना पालिकाहरू मार्फत क्रियाशील रहने दृढ सङ्कल्प गर्दै तत्काल निम्न कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’, प्रतिबद्धता पत्रमा उल्लेख छ ।

भेलामा माओवादीले जितेका १२३ प्रमुखरअध्यक्ष, १३४ उपप्रमुखरउपाध्यक्ष, अध्यक्ष प्रचण्डसहित पार्टीका प्रमुख नेताहरू, सातै प्रदेशका इन्चार्ज, अध्यक्ष तथा पालिका अध्यक्ष सहभागी भएका थिए ।