काठमाडौं । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको बाटोमा अग्रसर रहेको दाबी गरेका छन् ।
उनले भने, ‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्था विपरीत संसद विघटन गरेका थिए । अहिले पनि फेरि झम्टीझम्टी संसद विघटनको बाटोमा अग्रसर भइरहेका छन् ।’
सरकारले जनताको पक्षमा एउटै काम नगरेको उनको जिकिर छ । सरकार असफल सावित भएको टिप्पणी गर्दै सापकोटाले अहिले संसद कामविहीन देखिएको बताए ।
