काठमाडौं । नेपाललाई दिइएको सहयोग यदि प्रभावकारी रूपमा उपयोग भएको छैन भने, त्यो मूल समस्या नेपालकै शासन प्रणालीको कमजोरी हो, दातृ राष्ट्रको मात्र गल्ती होइन।
संघीयता लागू गर्न भन्दै ठूलो मात्रामा आएको अन्तर्राष्ट्रिय सहयोग सही रूपमा परिचालन भएको भए, आज स्थानीय तहहरू आर्थिक रूपमा सबल, प्रशासनिक रूपमा चुस्त, र सेवा प्रवाहमा प्रभावकारी हुने थिए। तर, हाम्रै अयोग्य नेतृत्व, भ्रष्टाचार, असक्षम संरचना, र विकेन्द्रीकरणको नाममा भएका अनियन्त्रित खर्च का कारण संघीयताको प्रभावकारिता कमजोर भएको देखिन्छ।
ट्रम्पको दाबी सत्य सावित गर्न, नेपाललाई दिइएको सहायता सही ठाउँमा लाग्यो कि भएनरु भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ।
यदि विदेशी सहयोगको नाममा संस्थागत सुधारको सट्टा, राजनीतिक दलहरूलाई पोस्ने, गैरसरकारी संस्था (NGO) मार्फत अनुत्पादक क्षेत्रमा लगानी गर्ने, र भ्रष्टाचार बढाउने काम भयो भने, त्यसको जिम्मेवारी नेपालकै नेतृत्वले लिनुपर्छ।
