काठमाडौंको बूढानीलकण्ठबाटअनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय पक्राउ

६ फाल्गुन २०८१, मंगलवार १३:३१

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।

अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताएछन् ।

आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर अपराध अनुसन्धान कार्यालयको टोलीले २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरेको छ ।