भारत र भुटानी समकक्षीसँग परराष्ट्रमन्त्री राणाको भेट

५ फाल्गुन २०८१, सोमबार ११:३१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत तथा भुटानी समकक्षीसँग भेट भएको छ ।

ओमान भ्रमणमा रहेकी राणासँग भारतीय समकक्षी एस, जयशंकर र भुटानी विदेशमन्त्री डीएन ढुंगेलसँग भेट भएको हो ।

डेलिगेसन तहमा ओमानको राजधानी मस्कटमा भएको जयशंकरसँगको भेटमा नेपालभारत सम्बन्ध , जलश्रोत, व्यापार र पारवहनबारे छलफल भएको बताइएको छ ।

त्यस्तै भुटानी समकक्षीसँग दुई देशको हितबारे छलफल भएको राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

आठौं हिन्द महासागर कन्क्लेभमा सहभागिताका लागि राणा यतिखेर ओमानमा छिन् ।