विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रतिबद्धता: प्रधानमन्त्री ओली

२५ माघ २०८१, शुक्रबार १२:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले परियोजनालाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरिएको जानकारी पनि दिएका छन् ।

साथै उनले ,सामाजिक सञ्जाल फेसबुकमा, विकास निर्माण र आयोजनाको प्रगतिका बारेमा आज सात वटै प्रदेशका मुख्यमन्त्रीसँग ‘एक्शन रुम’ बाट भर्चुअल छलफल गर्न लागेको समेत जानकारी दिएका छन् ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्शन रुमबाट उनले मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्शन रुम’ अघिल्लो कार्यकालमा ओली आफैले स्थापना गरेका थिय ।