काठमाडौं । आज बिहान पौने ९ बजेको समयमा काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ,विष्फोट हुँदा १४ जना घाइते भएका छन् ।
तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।
घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।
