अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्: प्रधानमन्त्रीओली

२१ माघ २०८१, सोमबार १२:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभकामना व्यक्त गर्दै प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।

उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका हुन् ।

‘आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौ। श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ ।’सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्,

उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिदै आएको उल्लेख गरेका छन् ।