अखिल क्रान्तिकारी संगठनमा अनुप पाण्डेय जित एक ऐतिहासिक क्षणको साक्षी

१७ माघ २०८१, बिहीबार १७:१३

काठमाडौं ।अखिल क्रान्तिकारी संगठन केन्द्रीय समिति सदस्यको निर्वाचनमा देशभरि बाट सबै भन्दा धेरै मत ल्याएर अनुप पाण्डेय जित हासिल गरेका छन्।

अखिल क्रान्तिकारी संगठनमा आज एक ऐतिहासिक क्षणको साक्षी बनेको छ, जहाँ अनुप पाण्डेयले केन्द्रीय समिति सदस्यको निर्वाचनमा प्रचण्ड मत अन्तरले जित हासिल गरेका छन्।

माघ १३ मा भएको चुनावमा अनुप पाण्डेयले ठूलो मत अन्तरले विजय प्राप्त गरेपछि, संगठनभित्र नयाँ आशा र ऊर्जा ल्याएको छ।

अनुप पाण्डेय जसले सधैं विश्वविद्यालयको बेतिथि विरुद्ध र विद्यार्थीहरूको पक्षमा आवाज उठाउँदै आएका छन्, आफ्नो समर्थकहरू प्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा विश्वविद्यालयको संरचनागत सुधारको लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।

यो शानदार विजय सँगै,विश्वविद्यालयको प्रतिनिधित्व गर्नु हुने अनुप पाण्डेयले अब केन्द्रीय समितिमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने आशा गरिएको छ र अखिल क्रान्तिकारीलाई राष्ट्रिय स्तरमा अझ बलियो बनाउनेछन्।