काठमाडौं । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी छन् ।
शुक्रवारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको बारेमा विपक्षी दलहरूले आफ्ना धारणा एकसाथ राख्ने र समसामयिक राजनीतिका बारे बैठकमा छलफल गर्ने बताइएको छ ।
