लगातार २ दिन घटेको शेयर बजार परिसूचक नेप्से आज भने २४.५० अङ्कले बढ्यो

१५ माघ २०८१, मंगलवार १५:३८

काठमाडौं । हिजो र अस्ति लगातार घटेको शेयर बजार परिसूचक नेप्से आज भने २४.५० अङ्कले बढेर २ हजार ६ सय ५७.७७ विन्दुमा पुगेको छ ।

नेप्से दोहोरो अङ्कले बढेको दिन सबै समूहको शेयरमा वृद्धि भएर झन्डै ३ सय २५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ भने उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन दोल्ती पावर कम्पनीको शेयर भने झन्डै साढे ८ प्रतिशतले घटेको छ ।