काठमाडौं । धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङ केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि रित्तो गाग्री बोकेर काठमाडौं आएको बताए ।
उनले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौं जान लागेको बताएका थिए । हिजो उनले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्री सहित प्रदर्शन गरेका थिए ।
साम्पाङले भोलि खाली गाग्री सहित सिंहदरबार छिरेर खाने पानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।
