अध्यक्ष प्रचण्ड र  माधव नेपाल बिच आज भेटवार्ता हुँदै

२६ पुष २०८१, शुक्रबार १४:१८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबिच आज पनि भेटवार्ता हुने भएको छ ।

भेटवार्ता समसामयिक राजनीति र समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल हुने दुवै पक्षले जानकारी दिएका छन् ।

दुई नेताबिच दिउँसो ३ बजे सिंहदरबारमा हुने कुरा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।

प्रचण्ड र नेपालबिच बिहीबार पनि सिंहदरबारमा भेट भएको थियो ।