सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गएराति भएको आगलागीमा परी नवराज खालिङ राईको ज्यान गएको छ ।
स्थानीयबासिन्दा बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा त्यहाँ रहेका राईको ज्यान गएको वडा सदस्य हीराकाजी श्रेष्ठले जानकारी दिनुभयो । राई विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा त्यही बस्दै आउनुभएको थियो ।
गएराति गोठमा बसेका उहाँले चुरोट खानेक्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो ।
