शेरा दरबारको जग्गाबारे छानबिन गरी, कानुन विपरीत भए फिर्ता ल्याइयोस् सहयोग गर्छु : अध्यक्ष दाहाल

१८ पुष २०८१, बिहीबार १३:३१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबारको जग्गाबारे छानबिन गरे आफूले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको भए फिर्ता ल्याउन सरकारलाई आग्रह समेत गरेका छन् ।

बैठकमा बोल्दै नेकपा एमालेका सांसद बासुदेव घिमिरेले शेरा दरबारको विषयमा गृहमन्त्रीसँग सरकारको जवाफ मागेका थिए ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले भष्ट्राचारका विषयमा छानबिन गर्न शक्तिशाली आयोग बनाउन माग गर्नुभयो । उहाँले बिना प्रमाण कसैलाई भ्रष्टाचारका नाममा खुइल्याउने काम बन्द गर्न आग्रह समेत गरेका छन् ।

आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल भइरहेको छ ।