काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराईका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
तराईको हुस्सु, कुहिरो र शीतलहरबारे आज विशेष बुलेटिन निकालेर महाशाखाले विगत केही दिनदेखि तराईका धेरै ठाउँहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेको र केही ठाउँहरूमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्दा चिसो निकै बढेको जनाएको छ ।
जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको र त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
कोशी, मधेश, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा कुहिरो लागिरहेको छ ।
