“अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा पार्टी सदस्यबाट आफूलाई हटाएको “:पूर्व उपाध्यक्ष रावल

१७ पुष २०८१, बुधबार १५:०२

काठमाडौं । एमालेका पूर्व उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्य नै खान मिल्छ  ? भनेर जिज्ञासा राखेका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै रावलले ओलीले दसौँ राष्ट्रिय महाधिवेशनमा गरेको व्यवहारबारे जिकिर गरे हुन् ।

त्यसक्रममा उनले दुई दिनसम्म प्रतिनिधिहरूलाई अलपत्र पारेको, अन्यलाई एक एक गरेर बोलाएर धम्क्याएको, चुन्ने र चुनिने अधिकारको अभ्यास गर्नु गलत हो र ? भन्दै प्रश्न गरे ।

रावलले महाधिवेशनका बेला आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेर भनेको जस्ता विषय हास्यास्पद भएको बताए ।

रावलले आफूलाई एमालेले सोधेको स्पष्टीकरण पनि विधसम्बत नरहेको बताएका छन् ।