अधिकृतको संलग्नतामा, प्रहरी कार्यालय सहयोगीको हत्या

१४ पुष २०८१, आईतवार १७:०८

काठमाडौं । प्रहरी कार्यालय सहयोगी राज कुमार रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । बारा जिल्ला प्रहरीले आज पत्रकार सम्मेलन गरेर रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।

गत पुस ६ गते बाराको सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०१/०२८ च ७६१६ नम्बरको ग्रे रंगको इभी कारमा कारभित्र युवक मृत भेटिएका थिए ।

मृतक रुम्बा बारा जितपुर सिमरा उपमहानगरपालिका ०१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत थिए ।

उनको मृत्युको कारण गन सट भनि शव परिक्षण प्रतिवेदनबाट खुलेपछि हत्या भएको ठहर गर्दै अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१९ घर भई हाल सोही स्थानमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको संचालक २७ वर्षीय पुरुषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहान रहेका छन् ।

उनीहरुविरुद्ध कसूर दर्ता किताबमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भइरहेको सापकोटाले बताए ।