लुम्बिनी प्रदेश सरकारकोआर्थिक वर्षको पाँच महिनासम्म जम्मा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ३ प्रतिशतमात्र

१२ पुष २०८१, शुक्रबार १०:५६

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनासम्म जम्मा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ १९ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ जम्मा साढे १० प्रतिशत बजेट खर्च भएको छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ । जसमा अहिलेसम्म पाँच अर्ब ३९ करोड ६८ लाख ६४ हजार ९०३ रुपैयाँ खर्च भएको हो ।

पुँजीगत र चालु गरी मंसिर मसान्तसम्म १३ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ ।

पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा पाँच महिनामा जम्मा दुई अर्ब ५९ करोड ४३ लाख ९२ हजार ७६५ रुपैयाँ खर्च भएको छ । यस्तै, चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा दुई अर्ब ८० करोड २४ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले सरकारले पुँजीगत खर्च ५ महिनामा निकै कम रहेको बताए ।