सुनको मूल्य आज छ सय रुपैयाँले बढेको छ

११ पुष २०८१, बिहीबार १४:०५

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।