राष्ट्रियसभा उम्मदेवारमा सोलुका सोनामछिरिङ शेर्पा

१० माघ २०७४, बुधबार ११:४३

 

माघ १०, काठमाडौं ।

राष्ट्रियसभा उम्मेदवारमा प्रदेश नं. १ एमालेबाट सोलुखुम्बुका सोनामछिरिङ शेर्पा र खोटाङबाट निवर्तमान सांसद पिके राई सिफारिस भएका छन् । शेर्पा सहित प्रदेश नं. १ बाट ४७ जनाको नाम राष्ट्रियसभा उम्मेदवारका लागि प्रदेश कमिटिले सिफारिस गरेको छ ।

सोनामछिरिङ् शेर्पा राजनीतिक विश्लेषकका रुपमा चिनिन्छन् । लामो समयदेखि राजनीतिमा जीवन बिताएका शेर्पा धेरै जसो “टेलिभिजनको टक सो” कार्यक्रममा बहस गर्न रुचाउँछन् । शेर्पालाई सञ्चारमाध्यमले नै चर्चामा ल्याएको हो ।