काठमाडौं । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आकस्मिक निधन भएको छ । मानव बेचबिखन विरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई सोमबार बिहान उनका पति नृप दनुवारले आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएका थिए , र अस्पताल पुर्याउँदा मृत घोषणा गरेको दनुवारले बताए ।
सुनिताका श्रीमान र एक छोरी छन् ।
आफै मानव बेचबिखनबाट पीडित उनी अहिले मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय थिइन् ।
२०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्यापछि उनीहरुकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो ।
पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् ।
दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा सम्मानित भएकी थिइन् । उनी विभिन्न अन्तराष्ट्रिय पुरस्कर प्राप्त गरेकी छन्
