जीबी राईसहित १९ जना विरुद्ध मुद्दा दर्ताको तयारी

५ पुष २०८१, शुक्रबार १५:२१

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध शुक्रबार आज नै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।

सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबार मात्रै मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध म्याद शुक्रबार सकिने भएकाले मुद्दा दर्ता गर्न लागिएको हो ।

रवि लगायतको हकमा म्याद आइतबारसम्म बाँकी भएकाले दर्ता गरिने सरकारी वकिल कार्यालयको भनाई छ ।