निगमलाई १५ दिनभित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन

२१ मंसिर २०८१, शुक्रबार १०:३३

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगमअहिले कै अवस्थामा चलाउन नसकिने बतौउदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडी बड्ने मन्त्री पाण्डेको भनाई थियो । नेपाल वायु सेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्डह्यन्डलिङ निगम बाट नखोसिने प्रतिबद्धव्यक्त गर्दै निगमले हवाई सेवा बाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिएक थिए ।

निगमलाई घाटलगाउने चाइनिजजहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइथियोे ।