काठमाडौं । सरकारले २३ कार्तिकदेखि त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाकालागि दैनिक १० घण्टा बन्दगरेर स्तरोन्नतिको काम गरिरहेको छ ।
नेपालनागरिक उड्डयनप्राधिकरण (क्यान)काअनुसार विमानस्थलको स्तरोन्नतिकालागि२३ कार्तिकबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न थालिएको हो ।
स्तरोन्नतिकाक्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौतीभएकाछन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमताअभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनलएप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गरिरहेको छ । भइरहेको कामको अवलोकन गर्न हालै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे पनि एयरपोर्ट पुगेका थिए ।
यीकाम पूरा गर्न १५ अर्ब रुपैयाँखर्च हुने आयोजनाले जनाएको छ । २३ कार्तिक अघिसम्म विमानस्थल बिहान६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
एयरपोर्ट परिसरमा २४ सैं घण्टा चल्ने रेस्टुरेण्ट, क्याँफे, पुष्पगुच्छा पसलका व्यवसायीहरु एयरपोर्ट दैनिक १० घण्टा बन्द हुँदा त्यसको चर्को मार खेपिरहेका छन् । जसका कारण झण्डै आधाव्यवसाय घटेको उनीहरुको भनाइ छ ।
एयरपोर्ट परिसरमा थकालीखाना संचालन गररिरहेका लक्ष्मण बास्तोलाएयरपोर्ट क्षेत्रको व्यवसायमा आधाकमीआएको बताउँछन् । उनी भन्छन, ‘रातीको १० बजेबाट बिहानको आठ बजेसम्म एयरपोर्टपूर्ण रुपमा बन्द भएको छ । त्यसले दैनिक ५० प्रतिशत नै व्यापार घटेको छ । रातीको व्यापार त शून्य नै भइसकेको छ । १० बजेबाट एयरपोर्टबन्द हुन्छ ११ बजेबाट यहाँ कोही नै हुँदैन्, सबै ठप्प हुन्छ । हाम्रो त चौबिसै घण्टाको व्यापार होनि तर अहिले अवस्थाखस्किएको छ ।’
बाँस्तोलाकाअनुसार एयरपोर्टका होटल व्यवसायीहरु भने विकल्पको मागगर्दै सरकार विरुद्ध आन्दोलनको तयारी गरिरहेको बताउँछन् ।
यद्यपी, एयरपोर्ट क्षेत्रमै गाँस र बासको सुविधादिइरहेका अर्का होटल व्यवसायी एवम ब्ल्याक डाईमण्ड होटलका संचालक सन्तोष भारतीभने एयरपोर्ट बन्द भए पनि बुकिङ डटकम तथा फोन कलबाट खाना तथा बस्नको लागि रिर्जभेसन हुने भएकाले खासै फरक नपरेको बताउँछन्।
उनी भन्छन, ‘हाम्रोमा चाहिँ अन्लाइनबाट र फोन कलबाट बुकिङ तथा रिर्जभेसन हुन्छ । उहाँहरु फिक्स गरिएकै समयमा आइपुग्नुहुन्छ । त्यसैले सम्पर्कमा आउनु भएका ग्राहकहरुलाई समय दिंदादिंदै दिनरात वित्छ ।’
एयरपोर्ट मै फूल तथा पुष्प गुच्छा बेच्दै आएकीइबनओझा अघिपछि २४ सै घण्टा आफ्नो पसलचलाउने गरेको भएपनि एयरपोर्ट बन्द भएपछि चाहिँ १० बजे नैपसल बन्द गर्नु परेको बताउँछिन् । इवन भन्छिन्, ‘एयरपोर्ट बन्दभएर राती १० बजे नै पसलबन्द गर्नुपर्ने भएको छ । ९ बजेबाट कस्टमरहरु आउनुहुन्न । २४ घण्टा चलाउनपर्ने हो तर त्यसको असर हामीलाई परेको छ ।’
प्रसिद्ध नारायाण दाइको मःमः सेन्टर एयरपोर्टका विक्रेता जेनिस तामाङ पनिव्यापारमा तलमाथिभएको बताउँछन । उनी भन्छन्,‘एयरपोर्ट बन्दभएर धेरै नै तलमाथिभएको छ । १० बजेदेखि यो अगाडिको पार्किङ्गमा एउटा पनिगाडी हुँदैन।’
एयरपोर्ट क्षेत्रमा सात वर्षदेखि दिउँसो र रातीपालो गरेर ट्याक्सीचलाउँदै आएका ट्याक्सी चालकहरु भने एयरपोर्ट बन्द हुँदा असर परेको भए पनि सरकारले राम्रोका लागि गरेको कामको प्रशंसा नै गर्छन् ।
दिनमा ट्याक्सी चलाउँदै आएका ट्याक्सी चालक नकुल तामाङ भन्छन, ‘म चाहिँदिउँसो चलाउँछु । रातमाचलाउने ट्याक्सीहरुकालागि असर परेको होला । किनभने, अरुबेलाआवातजावत भइरहन्छ । दश घण्टा बन्दहुँदा असर त भइहाल्छ नि । स्तरोन्ततीकाबारेमा प्रतिक्रिया केही नै छैन । किनभने, सरकारले राम्रोका लागि गरेको कामकाबारेमा पब्लिकले बोल्ने कुरा नीआउँदैन । सम्बन्धित सरकारले गरेको कुरामा पब्लिकले बोल्ने बाटो नि छैन।’
अर्का ट्याक्सी चालक विपिन तामाङ भन्छन्, ‘सरकारले गरेको भन्दापनि एयरपोर्ट मर्मत भइरहेको छ । अलिकति समस्या त हुन्छ । प्लेनलाई त भइरहेको छ भने हामी त ट्याक्सी न हो, असर परिहाल्छ नि ।’
यसरी हेर्दा त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको पाँच महिना सम्मको १० घण्टाको बन्दका कारण विमानस्थल परिसरका व्यवसायीहरूमाआर्थिक रुपमा असर पुर्याएको छ । रेस्टुरेन्ट, होटल, पुष्प गुच्छा र अन्य पसलहरूमा व्यवसाय घटेको छ, जसले उनीहरूको दिनचर्या र आयमा कमी ल्याएको छ।
यद्यपि, केहीव्यवसायीहरूले अनलाइन र फोनमार्फत हुने बुकिङमा समस्या नभएको बताएका छन् ।विमानस्थलको स्तरोन्नतिकार्यले भने लामो अवधिको फाइदा दिनसक्ने आशा गरिएको छ, जसको परिणामस्वरूप हवाई यातायात क्षमता अभिवृद्धि हुनेछ।
रातको समयमा गरिएको बन्दका कारणले प्रभावित भएका चालक र व्यवसायीहरूको चासो भने सरकारको योजना र समाधानको प्रतीक्षामाछ ।
यता, मंगलबार राति पर्यटनमन्त्री पाण्डेसहितको टोलीले विमानस्थलको क्षमताअभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेपछि व्यवसायमा सामान्य असर परेपनिदिगो फाइदाहुने प्रतिक्रियादिए ।
पाण्डेले निर्माणको कामतीव्र गतिमाभइरहेको भन्दै समयमै काम सम्पन्नहुने विश्वास व्यक्त गरे। उनले ठूलो संख्यामा विभिन्न जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।
पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै निर्माणको काम सकेर विमानस्थलको उडान सेवाप्रभावकारी हुने बताए।
