रिसर्चको रिपोर्टअनुसार नेपाल अन्य देशको तुलनामा १७६ स्थानमा

१० माघ २०७४, बुधबार ०७:२१

माघ १०, काठमाडौं ।

पछिल्लो अध्ययनले नेपालको हावाको गुणस्तर विश्वकै खराबमध्ये १ अन्तर्गत पर्ने देखाएको छ ।

सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वल्र्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको थियो ।

यसले नेपाली हावाको गुणस्तर निकै खराब रहेको देखाएको छ । नेपालका धेरै घरहरुमा अझै पनि दाउरा बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २. ५’ ( आँखाले देख्न नसकिने प्रदुषणका कणहरु )को जोखिममा रहेको रिसर्चले देखाएको छ ।

समग्र ‘वातावरणको स्वास्थ्य सूचाकंक’ हेर्ने हो भने पनि नेपालको अवस्था राम्रो देखिँदैन ।

इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको छ ।