काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित‘ डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भावभत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए ।
उनले भने,‘सामाजिक सञ्जाल कम सेकममर्यादित बनाउनुपर्छ । व्यवस्थित बनाउनुपर्छ ।सद्भावभत्काएर दुर्भाभवना फैलाउने कामप्रयत्न गरिराखेको छ । यो चिजचाँही हाम्रो विकासको लागि बाधक छ । हाम्रो आईटी क्षेत्रको विकासकै लागिपनि यो बाधक छ । यसबाट पनिचुनौतीहरु बढेको छ । अपराधहरु बढेको छ । यसलाई रोकथाम गर्नुपर्छ ।’
उनले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक रहेको बताए ।
उनले भने,‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक छ । तथापी नेपालको प्रचलीत कानुन ऐनको कार्य विधिविपरित गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ ।’
मन्त्री गुरुङले देशमाअहिले सामाजिक सञ्जाल अराजकबन्दै गइरहेको टिप्पणी गरे । सांस्कृतिक सह–अस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाई छ ।
उनले भने,‘हाम्रो देशमा,समाजमाअहिले अराजकभनेकै सामाजिक सञ्जाल रहेको छ ।हामी भन्छौं नि दही जस्तै जमेको विभिधतामा एकता भएको बाँधिएर बसेको हाम्रो समाजभनेर । सांस्कृतिक सह–अस्तित्वको नमुना देश नेपाल तर आज सामाजिक सञ्जालको गलत प्रयोगले दहि जस्तो देशमा कागतीनिचोर्ने कामभएको छ । त्यसैले सामाजिक सञ्जालको नियमन एकदमै जरुरी छ ।’
