जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

१२ मंसिर २०८१, बुधबार १५:३३

काठमाडौँ।प्रधानमन्त्री केपीशर्मा ओलीले जनसङ्ख्याकामुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएकाछन् ।

छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यानदिएर सीमान्तकृत तथाविपन्न समुदायको सहजजीवनयापनका लागिआधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए ।

प्रधानमन्त्रीओलीले काठमाडू मेडिकलकलेज अस्पतालमाभर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए ।

उनले समानता र समावेशीनीतिअपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनुपर्ने, आत्म सम्मान सहितको मानवअधिकार, स्वस्थ्य र आशासहिको विश्वनिर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए।

उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीयविकास, अशलजीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझावदिने अपेक्षागरे ।

उनले जलवायु परिवर्तनका मुद्धालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथबढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिकप्रयास अत्वावश्यकभएको बताए। प्रधानमन्त्रीओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’आकाङ्क्षाहरुलाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिए ।

नेपालीकाङ्ग्रेसका सभापतिएवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशजङ्ग बराल, एसियाली जनसङ्ख्या एसोसिएनकाअध्यक्ष रेइको हायाशी लगायत सम्मेलनामा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।