बस खोलामा खस्दा २ को मृत्यु

८ माघ २०७४, सोमबार १०:०८

माघ ८, काठमाडौं ।

रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा खसेको छ

ना ५ ख ५३१ नम्बरको यात्रुबहाक गाडी खोलामा खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी भरतबहादुर विकले अ ायोखबरलाई बताए । सडकबाट डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।

 

गाडीमा कति सवार थिए भन्ने खुलेको छैन । उदर गरिएकाहरूको मोडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।

गम्भीर घाइतेहरूलाई थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ ।