पूर्व डीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

५ मंसिर २०८१, बुधबार ११:३९

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ ।

उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

जोशीविरुद्ध कालीमाटी स्थित स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो ।

जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको थियो ।