युइएफए नेसन्स लिगमा सानमारिनोको नयाँ इतिहास

४ मंसिर २०८१, मंगलवार ११:५४

काठमाडौं। अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा कमजोर मानिएको टोली सानमारिनोले युइएफए नेसन्स लिगमा नयाँ इतिहास बनाएको छ ।

सोमबार भएको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै लिकटेन्स्टाइनलाई ३–१ ले पराजित गरेपछि नेशन्स लिगको (लिग सी) मा प्रवेश गरेको छ ।

यो सानमारिनोको दोस्रो प्रतिस्पर्धात्मक जित हो । सानमारिनो १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ऐतिहासिक सफलता हासिल ग¥यो ।

भाडुजस्थित राइनपार्क स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा दोस्रो हाफमा लोरेंजो लाजारी, अलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोलानानीको पेनाल्टीको मद्दतले सानमारिनोले अप्रत्याशित जित दर्ता गरेको हो ।

खेलको ४० औं मिनेटमा एरेन सेलेले गोल गर्दै लिकटेन्स्टाइनलाई पहिलो हाफमा अग्रता दिलाएका थिए , दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सानमारिनोले बराबरी गोल गरेको थियो ,लोरेंजो लाजारीले बराबरी गोल गरेका थिए ।

त्यसपछि ६६ औं र ७६ औं मिनेटमाअलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोलानानीले पेनाल्टीमागोल गरेपछि खेल सानमारिनोको पक्षमागयो ।

रेफ्रीले फाइनलह्वीसल गरेपछि सानमारिनोका खेलाडीहरू मैदानमा खुसीयाली मनाउन दौडिएका थिए ।

सानमारिनोले यसअघि सेप्टेम्बरमा लिकटेन्स्टाइन विरुद्धआफ्नो पहिलो प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।

यो नतिजासँगै समूह डी–१ को शीर्ष स्थानमा रहँदै लिग सी मा सानमारिनो उक्लिएको हो ।