योजनाआयोगको रणनीति नै कमजोर छ :अध्यक्ष ढकाल

३ मंसिर २०८१, सोमबार १५:०५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्तर उन्नति बाट फाइदा लिनेगरी योजनाआयोगले बनाएको रणनीति नै कमजोर रहेको बताएकाछन् ।

सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नतिहुने र स्तर उन्नतिबाट कमघाटा भइ फाइदा लिनेगरी योजनाआयोगले बनानएको रणनीति नै कमजोर रहेको बताए ।

उनले भने,‘स्तर उन्नति बाट कमघाटा भइ फाइदालिने योजनाआयोगले रणनीति बनाएको चाँही छ तर उक्त रणनीतिको आधार खासगरी निजी क्षेत्रको तर्फबाट हेर्दा कमजोर छ ।’

उनले स्तर उन्नति बाट विश्वसामु नेपालको प्रतिष्ठाबढ्ने, वैदेशिक लगानी बढ्ने जस्ता फाइदाहरु भएपनि यूरोपियन मूलुकहरुमा निर्यात हुने,भन्सार रहित बजार पहुँच साथै अतिकम विकसितमूलुकले पाउने विकास सहायताहरु बन्दहुने सम्भावना रहेको बताए ।

साथै यस बाट कम विकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्दहुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजनाहुने उनको भनाई छ ।

‘नेपालले सन् २०२६ मा एलडिसीभित्रमा अतिकम विकसित मुलुकको सूचि बाट विकसित मूलुकमा स्तर उन्नतिहुने भएको छ ।

हामीले स्वदेशमा मागहरु कमभइरहेको अवस्थामा बाहिरको बजार खोज्नुपर्ने अथवा प्रोडक्टहरुलाई अझै बाहिर निर्यात गर्नुपर्ने आवश्यकता झन्बढेको छ ।

स्तर उन्नती बाटएकातिर विश्वसामु नेपालको प्रतिष्ठाबढ्ने वैदेशिक लगानी बढ्ने जस्ता दुरगामी फाइदाहरु चाँहीछन्’ उनले भने,‘तर अर्कोतर्फ यूरोपियन मूलुकहरुमा निर्यात हुने भन्सार रहित बजार पहुँच साँथै अतिकम विकसित मूलुकले पाउने विकास सहायताहरु अन्र्तगतका सहायताहरु बन्दहुने सम्भावना छ ।

यस बाट विदेशी बजार पनि गुम्दै जाने छ । अति कमविकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्दहुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था देखिन्छ ।’