हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२ मंसिर २०८१, आईतवार १२:१८

झापा । हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेको जिल्ला वन कार्यालयका प्रमुख मेघराज राइइले जानकारी दिएका हुन् ।

निजको घटनास्थलमा नै मृत्यु भएको हो ।