काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वा नुमान महाशाखाले हाल देशभर पश्चिमीवायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमतीप्रदेश र गण्डकीप्रदेशका पहाडी भूभागमा आंशिकबदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ , देशका तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो कोशीप्रदेश, बागमतीप्रदेश र गण्डकीप्रदेशका पहाडी भूभागमा आंशिकबदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशीप्रदेश र गण्डकीप्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै,आज राति कोशीप्रदेश र गण्डकीप्रदेशका पहाडी भूभागमा आंशिकबदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफानै रहने छ।
