आजदेखि भृकुटी मण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै

२९ कार्तिक २०८१, बिहीबार १२:५२

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ट्रान्स वेल्ड ट्रान्स फर्मर द्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४”आज देखि सुरु हुँदै छ ।

मंसिर २ गते सम्म काठमाडौंको भृकुटीमण्ड पस्थित प्रर्दशनीहलमा आयोजना हुने लागेको फिन इलेक्ट्रो टेक २०२४ को आज भव्य उद्घाटन गरिँदै छ ।

आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “फिन इलेक्ट्रो टेक २०२४” को आयोजना हुन लागेको पनि महासंघको भनाई छ ।

राष्ट्रियएवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, साथ यस वर्ष “प्रविधिको नयाँआयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर सञ्चार एवं सूचना प्रविधितथा विद्युतीय एवं वैकल्पिकउर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचनाआदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पु¥र्यउने लक्ष्य यस संस्करणको रहेको छ ।

उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक बातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ताहकहित सम्बन्धी जन चेतना मूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने छ ।

ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित“फिन इलेक्ट्रो टेक २०२४“ को हलभित्र ४४ वटाब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हलबाहीर डोममा २६ वटा स्टलहरु रहेका छन् ।

फिनइलेक्ट्रो टेक २०२४ मा हलभित्र र हलबाहीर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहु राष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रणयन्त्र, हाउस वायरिङ्ग सामाग्री, बायर, केबुलएवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडीलाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचनाप्रविधि, वैकल्पिकउर्जा तथाअन्यविद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन्

भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुकालागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।

प्रत्येक दुई वर्षमा अयोजनाहुने इलेक्ट्रो टेकको यस संस्करणमाटाइटल स्पोन्सरमा ट्रान्सवेल्डट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपालप्रा. लि.) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ ।

फिन इलेक्ट्रो टेक २०२४ लाई भव्यताप्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्यमहा संघ, नेपाल चेम्बर अफकमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इंञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफकन्सल्टिङ्ग, आर्किटेक्चरर एण्डइञ्जिनियरिङ फर्म, लघु जलविद्युत् उत्पादक संघ नेपाल, सोसाइटीअफ इलेक्ट्रीकलइंजिनियसं नेपाल, नेपालविद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकलकन्ट्राक्टर एशोशियसन र सोसाईटीअफ नेप्लिजआर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहने छ ।

स्वदेशीउत्पादनलगायतभारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलियाआदिकाविभिन्न इलेक्ट्रीकतथा इलेक्ट्रोनिक्स सम्बन्धीउत्पादनहरु प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस एघारौं संस्करणमाट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफटगोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यानलगाएतका स्वदेशीतथाविदेशीब्राण्डहरूको सहभागिता रहने छ ।

प्रदर्शनीलाई सहभागीमुलकएवं सुचना मुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तर्क्रिरया कार्यक्रमहरू सञ्चालनहुने छन्।

चार दिनसम्मचल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगीव्यवसायी, सरकारका उच्चअधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकलइन्जीनियर, इन्टेरियर डेकोरेटर प्राविधिककमी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ५०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास महासंघले लिएको छ ।