काठमाडौं । हिमालयन विल्ड र्सएन्डइन्जियर्सको स्वामित्वमा रहेको कर्णालीयाक्सले विश्वक्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमाअनुबन्ध गरेको छ ।
कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णालीयाक्सले बिहीबार भारतीय राष्ट्रिय टिम बाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो ।
सम्झौतामा मालिक झन कदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् , सम्झौता रकमभने गोप्य राखिएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झन कदत्त खनाल र धवनसँगै भारतका लागि कार्य वहाक राजदूत डाक्टर सुरेन्द्र थापा सहितकर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थितिथियो ।
३८ वर्षीय बायाँहाते ओपनरले भारतसँगै आईपिएलको दिल्लीक्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् ।
उनी विश्वक्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् , उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए , त्यस्तै, भारतलाई एसिसी एसियाकपको उपाधिजिताएकाछन् ।
धवनलाई कर्णालीयाक्समा अनुबन्ध गरे पछि मालिक झन कदत्त खनालले खुसी ब्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए ।
‘विश्वक्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णालीयाक्स टिम नै खुसीछौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धीहो’ खनालले भने, ‘धवनको आगमनले कर्णालीयाक्सलाई मात्रै नभएर नेपालीक्रिकेट र नेपाली खेलाडीलाई फाइदापुग्ने विश्वास छ ।’
भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णालीयाक्स मार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए ।
‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवद्र्धनमा कर्णालीयाक्सले सुखद् सुरुवात गरेको छ,’थापाले भने ।
कर्णालीयाक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएकाछन् , १६७एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएकाछन् , त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएकाछन् ।
सह–मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीबीचधवनलाई अनुबन्ध गर्न सफलभएको बताए । ‘आर्थिक चुनौतीको बीच विश्वक्रिकेटकै प्रसिद्ध खेलाडी शिखर धवनलाई आगामीलिगको लागिअनुबन्ध गरेका छौं,’ घिमिरेले भने, ‘उनको आगमनसँगै नेपालीक्रिकेट र कर्णालीयाक्सले सफलताहातपार्ने आशा गरेका छौं ।’
धवनले आगामीलिगमा कर्णालीयाक्सबाट खेल्न उत्साहित भएको बताएकाछन् । ‘कर्णालीयाक्सले मलाई लिगको लागिअनुबन्ध गरेको छ । यो लिगखेल्न म निकै उत्साहितछु,’धवनले भने ।
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णालीयाक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्टइन्डिजकाचादविकएन्टोनिओ किर्कपाट्रिकवाल्टन, पाकिस्तानकाअलराउन्डर मोहम्मद हुसैन तलात र हङकङकाबाबर हायतले एनपिएल खेल्ने पक्काभइसकेको छ ।
टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्र गतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनाल सहित नन्दन यादव छन् ।
अन्य खेलाडीमा ‘बी’श्रेणीबाटअर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवनकार्की छन् । ‘सी’श्रेणीबाटदीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपकडुम्रे छन् ।
यस अघि कर्णालीयाक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफकर्णालीयाक्स’नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटीपार्टनरमा हिल्टनहोटल रहेको छ । प्रतियोगितामंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
