प्रधानमन्त्री प्रयोग गरेर एनआरएनएमा बद्री केसी समूहले धम्क्याएको इतर समूहको आरोप

१३ कार्तिक २०८१, मंगलवार १०:२९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई नै प्रयोग गरेर आफू इतर समूहलाई धम्क्याउने प्रयास गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।

पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गरेर ओलीले दिएको अभिव्यक्तिमा एनआरएनएकै केसीको विपक्षमा रहेकाहरूलाई पनि निशाना बनाउने काम भएको अभियन्ताहरूको भनाइ छ ।

चौतर्फी विरोधका बिच प्रधानमंत्रीओलीआइतबार बद्री केसी पक्षको अवैध साधारण सभामा सहभागी भएका थिए । सो क्रममा उनले ओलीले संघमा विवाद भए छलफल र संवाद गर्न आग्रह गर्दै प्रचण्डलाई जोडेर ‘हतियार उठाउनेलाई बिसाउन लगाउन पनि जानेका छौँ’ भनेका थिए ।

छलफल संवाद भन्दा बाहिरका विधिहरू एनआरएनएमा गर्न नहुने भन्दै उनले भने, ‘हिजो एकजना(प्रचण्ड)उफ्री उफ्रीकन भाषण गर्दै थिए । हतियार बिसाएको मात्रै हो, भ्रमनहोस् चलाउन बिर्सेको मात्रै हो ।

त्यस्तै त हुन भएननि ।’ओलीले थपे, ‘धम्क्याएको भरमा खाने रु हतियारलाई कसरी बिसाउन पर्छ भन्ने तरिका पनि जानेका छौँ । हामीचलाउन त चलाउँदैनौँ कसरी बिसाउने भन्ने चाहिँ जानेका छौँ ।’

यस्तै कार्यक्रममा ओलीले संघको आधिकारिक नै केसी भएको जसरी अधिवेशन सफलताको शुभकामना पनि दिन मात्रै भ्याएनन् परराष्ट्रमन्त्री डा आरजु देउवाले कार्यक्रम बहिस्कार गरेको कुराको पनि बचाउ गरे ।

उनले परराष्ट्रमन्त्री बिरामी भएकाले कार्यक्रममा नआएको दावी गरे । जवकि परराष्ट्रमन्त्री एकताको पक्षमा रहेको र सोहीअनुसार सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउनका लागि पूर्व अध्यक्ष शेष घलेलाई पत्राचार गरेकै कारण कार्यक्रममा गएकी थिइनन् ।

तर, ओलीआफ्नो पार्टी एमालेको बाहुल्य रहेको बद्री केसी समूहलाई वैधता दिने प्रयास गर्दै परराष्ट्रमन्त्रीको पत्राचारलाई समेत पेलेर कार्यक्रममागएकाथिए ।

जानुअघि केसीले प्रधानमन्त्रीलाई आफ्नो पक्षमा बोलिदिन आग्रहगर्दै अनुनयविनय गरेको उनी पक्षीय एक अभियन्ताले बताए ।

सोहीअनुसार ओली कांग्रेसका केही मन्त्रीलाई समेत कार्यक्रममा जान बाध्य पारेर बालुवाटारबाट निस्केको बताइएको छ । सो कार्यक्रममाओलीले के सी पक्षको खुलेर प्रशंसा गरेका थिई । एक अभियन्ताले भने, ओलीलाई नै प्रयोग गरेर बद्रीबाट आफ्ना विरोधीलाई धम्क्याउने काम भएको छ । यो ठीक होइन ।

यसैगरी एनआरएनएका एक अभियन्ताले पूर्व अध्यक्ष सहितका बहुमत अभियन्ताहरु एकताको पक्षमा हुँदा र अदालतमा समेत मुद्दा हुँदा समेत ओलीको के सी प्रेमले एकताको माहोल थपबिग्रिएको बताए ।

केसी पक्षलाई एकताको प्रक्रिया सुरु गर्नुपर्ने भएकाले साधारण सभा रोक्न अभियन्ताहरूबाट तीव्र दबाब भए पनि उनीहरू यो गर्न लागिपरे भने सरकारको साथबाट सोमबार सम्पन्न पनि गरिसकेको छ । तर, केपी पक्षले सत्ताको दुरुपयोग र संस्थाको कोषको समेत मनपरी खर्च गरेर गरेको कार्यक्रमले समस्याथप बढाएको बताइन्छ ।

एनआरएनएमा हाल तीन समूह रहेका छन् । केसीले एउटा समूहको नेतृत्वगर्दा आरके शर्मा र महेश श्रेष्ठको समूह शर्माको नेतृत्वमा छ । यस्तै १० औँ महाधिवेशन बाटै छुट्टिएको विनोद कुँवरले नेतृत्व गरेको समूहपनि छ ।

एनआरएनएको झन्डै दुइतिहाइ संख्यालाई बाहिर राखेर अदालतको आदेशलाई अपव्याख्यागर्दै केसी समूहले बोलाएको कथित अधिवेशनमा भाग लिएर प्रधानमंत्री ओलीले ८० लाख एनआरएनहरुको भावनामा ठेस पुरायाएको अभियन्ताहरु बताउँछन्।

एनआरएनएको आधिकारिकता विवादमा गत चैत २१ गते सर्वोच्च अदालतले पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा  महाधिवेशन गर्न आदेश दिएपनि केसी समूह कामकाजको माग गर्दै फेरि सर्वोच्च गएको थियो ।

केसी पक्षको सो मुद्दाका आधारमा तत्कालकाम गर्न सर्वोच्चले बाटो खोलि दिएको दावी गर्दै केसी समूहले केन्द्रीय कार्यालय कब्जा गर्नुका साथै कोषको दुरुपयोग गरि रहेको छ। परराष्ट्रले अहिले विधिवत एकताको महाधिवेशन गराउनपत्र पठाए पनि केसी पक्षले कुनै पनि हालतमा घलेलाई काम गर्न नदिने रणनीति अपनाइ रहेको छ ।

एका तिर सर्वोच्चले एकताको महाधिवेशन गराउने र अर्को तिर केसी पक्षले आफूलाई नै आधिकारिक भन्न थाले पछि पूर्व अध्यक्ष घले अदालतको मानहा निभएको भन्दै अदालत जाने कि भन्ने छलफलमा जुटेका छन् । अदालतले एकताको महाधिवेशन गर्नु भनेपनि केसी पक्षको रवैयाले अदालतको मानहानि भएको बुझाइका साथकानुन विद्सँग छलफल थालेका उनलाई केही कानुन विद्ले मानहानिको मुद्दा लिएर अदालतजान समेत सुझाएका छन् ।

घले पक्षका एक अभियन्ताले केसी पक्षबाट मानहानिको क्रियाकलाप भएकाले मुद्दा हाल्नेबारे कुरा भएको बताए । यद्यपियसबारे अन्तिम निर्णय भने हुनबाँकी छ । यस्तै केसीले ११ औँ महाधिवेशनमा धाँधली गरेको सप्रमाण दावी गरेका आरके शर्माले आफूहरूको दुई वटा मुद्दा अदालतमै विचाराधीन रहेको बताए । विभिन्नकाग जात र सरकारी अध्ययनहरूले समेत चुनावमा धाँधलीभएको देखाइसकेको भन्दै केसी पक्षआधिकारिक हुनै नसक्ने उनले बताए । यदि कसैले आधिकारिकता पाउँछ भने आफूहरुले पाउने उनको जिकिर छ । यद्यपिआफूहरूको पहिलो प्राथमिकता एकता भएको उनको भनाइछ ।