काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरु सरकारको रवैया हेरेर नबस्ने भन्दै अझै सशक्त आन्दोलनको तयारीमा रहेको जानकारी दिएका छन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सरकार विरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूहरु सरकारको रवैया हेरेर नबस्ने भन्दै आवश्यकता पयो भने सशक्त आन्दोलनको तयारीमा पनि रहेको बताएका हुन् ।
उनले भने,‘हामी धेरै प्रष्ट शब्दमा खबरदारी गर्न चाहन्छौं । खरबदारीले पुगेन भने यसलाई अझै प्रभावकारी ढंगले देशव्यापी रुपमा जनपरिचालन गर्ने छौं । सरकारको रवैया हेरेर फेरि आवश्यकता पयो भने सशक्त आन्दोलनको तयारीमा पनि छौं।’
उनले वर्तमान सरकारले पटक पटक प्रतिनिधिसभालाई झम्टिझम्टि विघटन गर्न खोजेको र आजपनि पार्टीहरुलाई फुटाउने, विभाजन गर्ने हर्कत गरिरहेको आरोप लगाए ।
सरकारले जनताको हितमा कुनै पनि काम नगरेको कारण लोकतन्त्रको कुरा गर्नु हाँस्यापद रहेको उनको भनाई छ ।
उनले भने,‘यो सरकारले जनताको हितमा कुनै पनि काम गरेको छैन् । यो सरकारले लोकतन्त्रको कुरा गर्नु सरासर हाँस्यापद ,लज्जाजनक छ । किनकी पटक पटक प्रतिनिधिसभालाई झम्टिझम्टि विघटन गर्न खोज्नेले आज पनि पार्टीहरुलाई फुटाउने विभाजन गर्ने अनेक हर्कत गरिरहेको छ । के पार्टीहरुलाई कमजोर गरेर लोकतन्त्रको रक्षा हुन सक्छ ?’
लोकतन्त्रको मर्म र भावना सरकारमा बसेकाले भन्दा बढी आफूहरुले बुझेको उनको दाबी छ