महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

५ कार्तिक २०८१, सोमबार १०:२५

काठमाडौं ।  आइतबार राति यूएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो ।न्युजिल्यान्डले पहिलो पटक टी–२० महिला विश्वकपको उपाधि जितेको छ ।

यूएईमा भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले टस जितेर सुरुमा न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो ।

सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा दिएको १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेतामा सीमित बनेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १२६ रनमा समेटिएको हो ।