काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यो सरकारले झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर गरिरहेको भन्दै कडा आलोचना गरेका छन् ।
आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्, प्रधानमन्त्री केपी ओली सरकारमा रहिरहने हो भने देशले धेरै दुःख पाउने बताएका छन् ।
उनले भने, ‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ, मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ , यो सरकार नढले सम्म जनता जाग्नुपर्छ, अधिनायकवादी सरकारको विरुद्ध यही बेलामा देशैभरीबाट जोजो जहाँजहाँ हुनुहुन्छ, मेरा लागि होइन देशका लागि बाहिर निस्कनुपर्ने बेला आउन सक्छ, म सबैलाई अपिल गर्न चाहन्छु– सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरू यो सरकार रहुन्जेल सम्म उसले यस्तै हर्कत गरिरहन्छ , झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’
उनले सरकारको रवैया विरुद्ध आम जनता बाहिर निस्कनुपर्ने बेला आउनसक्ने बताए, उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत बताए ।;
