साफ च्याम्पियनसिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

२ कार्तिक २०८१, शुक्रबार १६:४५

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो ।

खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बनेको  हो ।

जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भूटान भिड्दैछन्।