प्रतिपक्ष दलहरुको बैठक सुरु

२ कार्तिक २०८१, शुक्रबार ११:१०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ।

माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेताहरु सहभागि रहेको बताइएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।